राष्ट्र बैंकले सुन आयात सीमा २५ किलो पुर्यायो
Author
NEPSE TRADING

काठमाडौं, असोज २४ गते — नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा २० किलोबाट बढाएर अब दैनिक २५ किलो पुर्याउने निर्णय गरेको छ।
राष्ट्र बैंकले विदेशी विनियम कारोबार गर्ने निकायका लागि जारी एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै आज (शुक्रबार) नयाँ व्यवस्था लागू गरेको हो।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले उक्त निर्णयका बारेमा परिपत्र जारी गर्दै बैंकिङ विभाग, सबै प्रदेश कार्यालयहरू, विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था, र अन्य इजाजत प्राप्त संस्थाहरूलाई जानकारी गराएको कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताएका छन्।
सुन आयातको सीमा वृद्धि हुने निर्णयले स्थानीय बजारमा सुनको आपूर्ति सहज बनाउने, साथै विदेशी मुद्राको उपयोगलाई नियन्त्रित र व्यवस्थित गर्न सहयोग गर्ने राष्ट्र बैंकले जनाएको छ।



