राष्ट्र बैंकको कडाइ: १० ठूला बैंक अब विशेष निगरानीमा
Author
NEPSE TRADING

नेपाल राष्ट्र बैंकले देशमा सञ्चालनमा रहेका १० ठूला डोमेस्टिक सिस्टमेटिकल्ली इम्पोर्टेन्ट बैंक (D-SIBs) पहिचान गर्दै ती बैंकका लागि विशेष नियमन फ्रेमवर्क सार्वजनिक गरेको छ।
सन् २००८ को विश्वव्यापी वित्तीय संकटबाट सिकेको पाठ र बासेल कमिटी अफ बैंकिङ सुपरभिजन (BCBS) का मापदण्डअनुसार तयार गरिएको उक्त ढाँचाले ‘टू बिग टु फेल’ परिस्थितिलाई रोक्न प्रणालीगत जोखिम न्यूनीकरणमा ध्यान केन्द्रित गरेको छ।
फ्रेमवर्कले ठूला तथा अत्यधिक अन्तरजोडिएका बैंकहरूको स्थायित्व बढाउन आकार, अन्तरआवद्धता, प्रतिस्थापन क्षमता, र जटिलता जस्ता चार प्रमुख सूचकमा भार निर्धारण गरेको छ। यसअनुसार वित्तीय आकारलाई ४०%, अन्तरआवद्धतालाई ३०%, प्रतिस्थापन क्षमता र जटिलतालाई १५–१५% भार प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ।



