ओरिएन्टल होटल लिमिटेड OHL : १:०.२६६३ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
Author
NEPSE TRADING

काठमाडौं । ओरिएन्टल होटल लिमिटेड (OHL) ले आफ्नो २८औं वार्षिक साधारण सभा (AGM) बोलाएको छ। साधारण सभा आगामी २०८२ साल असोज ३१ गते (सेप्टेम्बर १६, २०२५) बिहान ११ बजे ललितपुर, जावलाखेलस्थित नेपाल प्रशासन प्रशिक्षण प्रतिष्ठानमा आयोजना हुने कम्पनीले जनाएको छ।
सभामा प्रस्तुत हुने प्रमुख एजेन्डा यस प्रकार रहेका छन्:
कम्पनीको वार्षिक प्रतिवेदन अनुमोदन गर्ने।
आ.व. २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहित नाफा नोक्सान विवरण, वित्तीय विवरण र नगद प्रवाह विवरण पारित गर्ने।
आ.व. २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने।
प्रवर्द्धक समूहबाट ६ जना सञ्चालकहरूलाई निर्वाचित गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने।
विविध।
यस्तै, साधारण सभामा कम्पनीको जारी र अधिकृत पुँजी वृद्धि गर्ने उद्देश्यले १:०.२६६३ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ रहेको छ।
यस साधारण सभाका लागि बुक क्लोजर मिति असोज २ गते तोकिएको छ। असोज २ गतेभन्दा अघि नाम दर्ता गराएका सेयरधनीहरू मात्र सभामा उपस्थित भई लाभांश तथा अन्य सुविधाका लागि हकदार हुनेछन्।