प्रदेश सरकारहरुले आज सार्वजनिक गर्दैछन् २०८२/८३ को बजेट, कुन प्रदेशले कति ल्याउने तयारी?
Author
NEPSE TRADING

आज असार १ गते, सातवटै प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ बजेट सार्वजनिक गर्दैछन् । सुदूरपश्चिमदेखि कोशीसम्मका प्रदेशका आर्थिक मामिला मन्त्रीहरुले आय-व्ययको विवरणसहितको बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् ।
संविधानअनुसार केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ मा र स्थानीय तहले असार १० मा बजेट ल्याउनु पर्ने व्यवस्था छ । सोहीअनुसार आज प्रदेशसभामा बजेट प्रस्तुतिको हलचल छ ।
कुन प्रदेशको कति बजेट?
सुदूरपश्चिम प्रदेश
गत वर्ष २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट ल्याएको प्रदेशले यस वर्ष पनि त्यही हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । बजेट आज साँझ ५ बजे प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाद्वारा प्रस्तुत गरिनेछ ।बागमती प्रदेश
संघीय राजधानी रहेको बागमती प्रदेशले यसपालि ६८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । गत वर्ष यो प्रदेशले ६२ अर्ब ७० करोडको बजेट प्रस्तुत गरेको थियो । बजेट आज दिउँसो ३ बजे सार्वजनिक गरिनेछ ।मधेश प्रदेश
गत वर्ष ४४ अर्ब ११ करोडको बजेट ल्याएको मधेश प्रदेशले यसपालि त्यसको आसपासको बजेट ल्याउने संकेत देखिएको छ ।कोशी प्रदेश
अघिल्लो आर्थिक वर्षमा ३६ अर्ब २४ करोड ३५ लाख बराबरको बजेट सार्वजनिक गरिएको थियो ।गण्डकी प्रदेश
३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरिएको थियो ।लुम्बिनी प्रदेश
४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट अघिल्लो वर्ष ल्याएको लुम्बिनीले पनि आज नयाँ बजेट सार्वजनिक गर्दैछ ।कर्णाली प्रदेश
हालसम्म विवरण बाहिर नआएको भए पनि, अघिल्लो वर्षको सन्दर्भमा समान आकारको बजेट आउने अनुमान गरिएको छ ।
आज प्रदेश सभाहरुमा प्रस्तुत हुने बजेटले आगामी वर्षका योजना, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता क्षेत्रमा प्रदेश सरकारले के-कस्ता प्राथमिकता दिएको छ भन्ने सन्देश दिनेछ । संघीयता कार्यान्वयनमा बजेट महत्वपूर्ण कडी भएकाले यसप्रति आम जनताको ध्यान केन्द्रित हुने निश्चित छ ।