·

भारत र पाकिस्तानबीचको सम्बन्ध झन् चिसिँदै

Author

Nepse trading

भारत र पाकिस्तानबीचको सम्बन्ध झन् चिसिँदै

आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानबीचको सम्बन्ध झन् चिसिँदै गएको छ। काश्मीर क्षेत्रमा लगातार तेस्रो रातसम्म गोली हानाहान भएको छ। भारतले पाकिस्तानमाथि सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको छ भने पाकिस्तानले संलग्नता अस्वीकार गर्दै जवाफ दिने चेतावनी दिएको छ। पहलगाममा भएको आक्रमणपछि भारतले पानी बाँडफाँट सन्धि स्थगन, सीमा क्रसिङ बन्द र भिसा रद्द गरेको छ। जवाफमा पाकिस्तानले भारतीय कूटनीतिज्ञहरू निष्कासन गरेको छ। संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयमता अपनाउन र आपसी संवादबाट समाधान खोज्न आग्रह गरेको छ ।

Related News