·

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आधा घण्टामै ओभरसब्स्क्राइब, विदेशी रोजगारतर्फ उच्च उत्साह

Author

NEPSE TRADING

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आधा घण्टामै ओभरसब्स्क्राइब, विदेशी रोजगारतर्फ उच्च उत्साह

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको वैदेशिक रोजगारीतर्फ आबद्धहरुलाई लक्षित आईपीओ निष्कासन भएलगत्तै उच्च माग देखिएको छ। निष्कासन भएको करिब आधा घण्टा (साढे १० बजेसम्म) मै आईपीओ ओभरसब्स्क्राइब भएको कम्पनीले जनाएको छ।

कम्पनीले आज (सोमबार)देखि विदेशमा रोजगारीमा गएका नेपालीहरूका लागि १ लाख १५ हजार ५९६ कित्ता सेयर बिक्रीका लागि निष्कासन गरेको छ। यो संख्या सार्वजनिक निष्कासनका लागि छुट्याइएको ११ लाख ५५ हजार ९६० कित्ता सेयरको १० प्रतिशत हो।

निष्कासन सुरू भएको एक घण्टाभित्रै १ लाख १८ हजार ३४० कित्ताका लागि आवेदन परेको छ, जसले सेयरप्रति उच्च रुचि देखाएको संकेत गर्छ।

यो अवधिभित्र ३६ वटा बैंकमार्फत १,९७० जना लगानीकर्ताले आवेदन भरेका छन्। वैदेशिक रोजगारीमा रहेका सर्वसाधारणले मंसिर २५ गते बिहीबारसम्म आवेदन दिन सक्नेछन्।

सुरु मै आएको उत्साहजनक आवेदनले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ वैदेशिक रोजगारीतर्फ लगानीकर्ताको आकर्षण अझ बलियो रहेको देखाएको विश्लेषकहरूको टिप्पणी छ।

Related News