·

रिभर फल्स पावर लिमिटेडको नाफामा सामान्य वृद्धि

Author

NEPSE TRADING

रिभर फल्स पावर लिमिटेडको नाफामा सामान्य वृद्धि

रिभर फल्स पावर लिमिटेड (RFPL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार, कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य रूपमा वृद्धि भएको छ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४.९६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले २ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानीमा सामान्य वृद्धि भएको कारण, खुद नाफामा पनि सुधार आएको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.२० प्रतिशत र कुल नाफा १.५१ प्रतिशतले वृद्धि भएको छ। यसैगरी, कम्पनीको वित्तीय खर्च भने ०.४६ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य रूपमा वृद्धि भएको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ८५ पैसा बढेर १७ रुपैयाँ ९५ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ १ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E Ratio) १७.४३ गुणा रहेको छ।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ करोड ५० लाख रुपैयाँ सञ्चित रहेको छ।

Related News