सालपा विकास बैंकको आईपीओ निष्काशन आजदेखि सुरु
Author
NEPSE TRADING

सालपा विकास बैंकले आफ्नो जारी पुँजीको ३३ प्रतिशत बराबरको आईपीओ आज मंसिर २५ गतेदेखि सार्वजनिक निष्काशनमा ल्याएको छ। बैंकले ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ जारी पुँजीमध्ये १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरका १७ लाख २३ हजार ८८० कित्ता सेयर बिक्रीका लागि खुला गरेको हो।
आईपीओको पहिलो चरण वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। तिनीहरूको लागि १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता साधारण सेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गरिएको बैंकले जनाएको छ। वैदेशिक रोजगारीका आवेदकहरूले मंसिर २९ गतेसम्म आवेदन दिन सक्नेछन्। आवश्यक परे अवधि पुस १० गतेसम्म लम्बिने छ।
कम्पनीले आईपीओ निष्काशन अघि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई ‘IRN Single B Issuer Rating’ प्रदान गरेको छ, जसले औसत मात्राको जोखिम वहन गर्ने क्षमताको संकेत गर्छ।
वैदेशिक रोजगारीतर्फको सेयर वितरण कार्य सम्पन्न भएपछि बैंकले सर्वसाधारणका लागि आईपीओ खुला गर्ने तयारी गरेको छ।



