सान्भि इनर्जी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुल्ला
Author
NEPSE trading

सान्भि इनर्जी लिमिटेडले आज (बिहीबार) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको हो, जसको कुल मूल्य २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबर पर्छ।
यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँड भइसकेको छ। अब बाँकी रहेको दोस्रो चरणको सेयर जेठ १३ गतेसम्मका लागि सर्वसाधारणका लागि खुला हुनेछ। सो अवधिमा आवश्यक आवेदन नपरेमा आईपीओ जेठ २३ गतेसम्म खुला रहनेछ।
आईपीओको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। सर्वसाधारणले आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयर अनलाइन प्रणालीमार्फत पनि सहज रूपमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यसअघि कम्पनीले ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई, २ लाख ९१ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई, १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूलाई र ५८ हजार २०० कित्ता कम्पनीका कर्मचारीहरूलाई बाँडफाँड गरिसकेको छ।
सान्भि इनर्जी लिमिटेडको आईपीओमा सहभागी भई लगानी गर्ने चाहने सर्वसाधारणका लागि यो राम्रो अवसर भएको विज्ञहरूको टिप्पणी रहेको छ।