जोशी हाइड्रोपावरको संस्थापक शेयर लिलामी बोलपत्र आज बिहान १० बजे खोलिँदै
Author
NEPSE trading

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक समूहको लिलामी शेयरको गोप्य शिलबन्दी बोलपत्र आज (सोमबार) खोलिने भएको छ। कम्पनीले हकप्रद शेयर निष्कासन गर्दा बिक्री नभएको शेयर सर्वसाधारण समूहलाई लिलाम बढाबढमार्फत बिक्री गर्न बोलपत्र आह्वान गरेको थियो।
जोशी हाइड्रोपावरले १:०.६५ अनुपातमा हकप्रद शेयर निष्काशन गरेकोमा सर्वसाधारण समूहतर्फको १ लाख ८९ हजार ९२७ कित्ता शेयरमा आवेदन नपरेपछि प्रचलित नियमानुसार उक्त शेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गरेको थियो। कम्पनीले यसका लागि २०८२/०६/२८ गतेदेखि २०८२/०७/११ गतेसम्म आवेदन माग गरेको थियो।
प्राप्त भएका बोलपत्रहरू आज (कात्तिक १७ गते, सोमबार) बिहान १०:०० बजे खोलिने कम्पनीले जनाएको छ। बोलपत्र खोल्ने स्थान अग्रवाल भवन, कमलपोखरी, काठमाडौं तोकिएको छ।
कम्पनीले इच्छुक लगानीकर्ता तथा संस्थाहरूलाई उक्त लिलाम बढाबढ प्रक्रियामा सहभागी हुन आह्वान गरेको थियो। जोशी हाइड्रोपावरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एलएस क्यापिटल लिमिटेड रहेको छ।


