·

हितसंघर्षको कारण बुटवल पावरको सेयर बिक्री स्थगित

Author

NepseTrading

हितसंघर्षको कारण बुटवल पावरको सेयर बिक्री स्थगित

नेपाल धितोपत्र बोर्डले श्री बुटवल पावर कम्पनी लिमिटेडद्वारा न्यादी हाईड्रोपावर लिमिटेडको शेयर बिक्री सम्बन्धमा जानकारी गराएको छ कि:

श्री बुटवल पावर कम्पनी लिमिटेडले मिति २०८२।०१।२४ मा पठाएको पत्रमार्फत कम्पनीको नाममा रहेको न्यादी हाईड्रोपावर लिमिटेडको ३१,००,००० कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको विषयमा सर्वसाधारणलाई जानकारी गराइएको सूचना बोर्डमा प्राप्त भएको छ।

तर, प्रारम्भिक अध्ययनबाट यथार्थ देखिएको छ कि श्री बुटवल पावर कम्पनी लिमिटेडका केही सञ्चालकहरू स्वयं पनि न्यादी हाईड्रोपावर लिमिटेडमा सञ्चालक रहेका छन्। यस्तो अवस्थामा शेयर बिक्रीको निर्णय धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) को प्रतिकूल हुने देखिएको छ।

त्यसैले, नेपाल धितोपत्र बोर्डले मिति २०८१।०१।३१ मा श्री बुटवल पावर कम्पनी लिमिटेडलाई औपचारिक जानकारी दिँदै,

  1. सो कार्य हाललाई स्थगन गर्न, तथा

  2. यस निर्णयको सम्बन्धमा कम्पनीको धारणा सहित यथार्थ विवरण पेश गर्न

Related News