·
सुनको मूल्यमा भारी गिरावट, चाँदीको दर पनि घट्यो
Author
NEPSE TRADING

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले घटेको छ। यसरी आज सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने सोमबार यसको मूल्य १ लाख ९७ हजार ५०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबार २ हजार १६५ रुपैयाँ थियो।