लाभांश प्रस्ताव पारित गर्न स्वरोजगार लघुवित्तले माघ ३ गते साधारण सभा डाक्यो
Author
NEPSE TRADING

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न सत्रौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। लघुवित्तले माघ ३ गते (शनिबार) काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिनको साढे ११ बजे साधारण सभा आयोजना गर्नेछ। सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै मर्जर तथा एक्विजिशनसम्बन्धी कार्यका लागि अख्तियारी प्रदान गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण शेयरधनीतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गरिनेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १८ गते बुकक्लोज गर्ने भएको छ। यसअनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।


