·

Today is the Last Day to Apply for NIC Asia Equity Linked Investment Scheme

Author

NEPSE TRADING

Today is the Last Day to Apply for NIC Asia Equity Linked Investment Scheme

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले साउन २९ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किम’ मा आज (भदौ १२) अन्तिम दिनसम्म मात्रै आवेदन दिन सकिनेछ।

क्यापिटलले प्रतिएकाइ १० रुपैयाँ अंकित दरका १० करोड इकाइ बिक्रीमा ल्याएको हो। यसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाइ योजना प्रायोजक एनआईसी एशिया बैंकका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइमध्ये पहिलो चरणमा ५ करोड इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको हो।

यो स्किम एनआईसी एशिया क्यापिटलले व्यवस्थापन गर्ने दोस्रो खुलामुखी म्युचुअल फन्ड हो। यसमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्।

विशेष सुविधा स्वरूप, यस स्किममा मात्र ५०० रुपैयाँमै मिनी एसआइपी गर्ने अवसर र एसटीपी (Systematic Transfer Plan) जस्ता आधुनिक सुविधा पनि उपलब्ध गराइएको छ।

Related News