प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Author
NEPSE trading

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्न आज (मंगलबार) अन्तिम दिन रहेको छ। कम्पनीले जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरिएकाले आजसम्म शेयरधनी बनेका लगानीकर्ताहरूले मात्र लाभांश प्राप्त गर्ने तथा वार्षिक साधारण सभामा सहभागी हुन सक्नेछन्।
शुक्रबार र शनिबार बजार बन्द हुने भएकाले यसअघि शेयर खरिद नगरेका लगानीकर्ताहरूले आजभित्र शेयर खरिद गर्नुपर्नेछ।
कम्पनीको आठौं वार्षिक साधारणसभा जेठ २६ गते काठमाडौंस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सो सभामा कम्पनीले ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
लगानीकर्ताहरूले लाभांश सुरक्षित गर्न समयमै शेयर खरिद गरी नाममा राख्न कम्पनीले आग्रह गरेको छ।