अमेरिकामा रोजगारी वृद्धि कायम, कर वृद्धिले अर्थतन्त्रमा नकारात्मक असरको चिन्ता
Author
NEPSE trading

अमेरिकामा कर वृद्धि सम्बन्धी चिन्ताबीच रोजगारी दर भने अपेक्षा भन्दा बढी देखिएको छ। अमेरिकी श्रम विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार, जुन महिनामा रोजगारी दर १ लाख ४७ हजार पुगेको छ, जुन मे महिनाको १ लाख ४४ हजारको तुलनामा बढी हो।
सरकारी प्रतिवेदन अनुसार बेरोजगारी दर ४.२ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा झरेको छ भने तलब वृद्धिदर ०.२ प्रतिशत रहेको उल्लेख छ। कोभिड–१९ महामारीपछिको अवस्थामा अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रका रूपमा तुलनात्मक रूपमा मजबुत रूपमा अगाडि बढिरहेको देखिएको छ।
यद्यपि अमेरिकी राष्ट्रपतिद्वारा स्टिल, एलुमिनियम र कारको आयातमा लगाइएका उच्च कर तथा व्यापारिक साझेदारहरूमाथि लगाइएको करले उपभोक्ताको मनोबलमा असर पारेको र व्यापारिक वातावरणमा अनिश्चितता बढाएको विश्लेषणकर्ताहरूले बताएका छन्।
विशेष गरी राष्ट्रपतिको करवृद्धिसम्बन्धी घोषणाले गर्दा कम्पनीहरू लगानीमा सतर्क बनेका छन्। आगामी हप्तादेखि लागू हुने भनिएको कर वृद्धिको अर्को चरणका कारण रोजगार बजारमा दबाब आउन सक्ने आँकलन गरिएको छ, जसका कारण कम्पनीहरू नयाँ रोजगारी सिर्जनामा पछाडि हट्न सक्ने देखिएको छ।