के हो इपिएस, पिई र पिबी ?
Author
NEPSE trading

कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल शेयर संख्याले भाग गर्दा प्रतिशेयर आम्दानी (अर्निङ पर सेयर, इपिएस) प्राप्त हुन्छ। यो शेयरको मूल्य मापन गर्ने एक महत्वपूर्ण आधार हो। प्रतिशेयर आम्दानी उच्च भएकोलाई असल मानिन्छ भने कम भएकालाई कमसल मानिन्छ।

शंकास्पद भन्नुको अर्थ कम पिइ रेसियो हुनुमा लगानीकर्ताहरूले पहिचान नगरेकाले बजार मूल्य कम हुँदा पिई पनि कम हुन्छ भने अर्कोतिर कम्पनीले नाफा नै कम गरेकोले इपिएस कम भई पिइ पनि न्युन हुन सक्छ। त्यसैले कुन कारणले पिई कम भएको हो पत्ता लगाउनु पर्छ।
प्राइस टु बुक (पिबी) रेसियो हो जो कम्पनीको शेयरको बजार मूल्य र किताबी मूल्य बीचको अनुपात हो। पिबी रेसियो ५ सम्म भएको शेयरलाई सुरक्षित मानिन्छ। अर्थात कुनै कम्पनीको शेयरको किताबी मूल्य १५० रुपैयाँ छ भने बजार मूल्य ७५० रुपैयाँ हुदासम्म खरिद गर्दा जोखिम कम हुन्छ भन्ने मान्यता छ।