·

देशभर २३ लाख ८० हजार किसान सूचीकृत, चार वर्गमा वर्गीकरण गरिँदै

Author

NEPSE TRADING

देशभर २३ लाख ८० हजार किसान सूचीकृत, चार वर्गमा वर्गीकरण गरिँदै

काठमाडौं, असोज २८ — सरकारले सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रम अन्तर्गत हालसम्म देशभरका २३ लाख ८० हजार किसान सूचीकृत भएका छन्। अनुदानका साथै अन्य आवश्यक सहायता सहज रूपमा उपलब्ध गराउन राज्यले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो।

कृषि, सूचना तथा प्रशिक्षण केन्द्रका अनुसार किसानलाई विद्युतीय प्रणालीमार्फत सरकारी सेवा र सुविधा उपलब्ध गराउने तयारीसहित देशव्यापी रूपमा सूचीकरण अभियान सञ्चालन गरिएको छ। यस कार्यक्रमले किसानहरूको आर्थिक अवस्था, उत्पादन क्षमता र आवश्यक सहयोगको स्तरको आधारमा उनीहरूको पहिचान र वर्गीकरण गर्न सहयोग गर्नेछ।

Related News