·

सेवोनको स्वीकृतिको पर्खाइमा ३४ हाइड्रोपावर कम्पनी

Author

NEPSE trading

सेवोनको स्वीकृतिको पर्खाइमा ३४ हाइड्रोपावर कम्पनी

नेपालको पुँजी बजारमा जलविद्युत् कम्पनीहरुको सहभागिता झनै सशक्त बन्दै गएको छ। हाल सेयर बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेवोन) को पाइपलाइनमा ३४ वटा हाइड्रोपावर कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) का लागि निवेदन दिएका छन्। यस सूचीमा भुजुङ, एम्बालिङ, सोलु, टक्सार पिखुवा, रिड्जे लाइन, कालिन्चोक र हिम रिभर पावर जस्ता कम्पनीहरु अग्रपंक्तिमा छन्, जसले निकट भविष्यमै सर्वसाधारणका लागि सेयर खुला गर्ने तयारी गरेका छन्।

चालु आर्थिक वर्षमै एफपीओको दौडमा सहभागिता जनाउने अन्य कम्पनीहरुमा लोवर इर्खुवा, कलंगा, सानिगाढ, एपेक्स मकालु र एपोलो हाइड्रोपावर लिमिटेडको नाम पनि उल्लेखनीय छ। यी कम्पनीहरुले समयमै प्रक्रिया अगाडि बढाउँदै सर्वसाधारण लगानीकर्ताका लागि नयाँ अवसर ल्याउने संकेत दिएका छन्।

बोर्डमा हाल प्रक्रियागत रूपमा रहेका अन्य जलविद्युत् कम्पनीहरुमा गौरीशंकर, शिखर, स्युरी न्यादी, सुपर खुदी, माउन्ट एभरेष्ट, आशुतोष, हिल्टन, स्नो रिभल, सुर्यकुण्ड, मदामे खोला, निलगिरी खोला, पिपुल्स इनर्जी, चम्पावती, हिम पर्वत, सेन्चुरी, हाबीतात, नम्बुर हिमालय, युनाइटेड मेवाखोला, आरती पावर, मेवा डेभलपर्स, म्याग्दी र अरबिट इनर्जी लिमिटेड रहेका छन्। यी सबै कम्पनीहरुले अबको केही समयमै बजारमा आफ्नो सेयर सार्वजनिक गर्न सक्ने सम्भावना प्रबल छ, जसले लगानीकर्तालाई विविध विकल्पसहित नयाँ ऊर्जा थप्नेछ।

Related News