·

पिपुल्स हाइड्रोपावरको साधारण सभा पुस २३ गते, हकप्रद सेयर सम्बन्धी प्रस्ताव छलफलमा

Author

NEPSE TRADING

पिपुल्स हाइड्रोपावरको साधारण सभा पुस २३ गते, हकप्रद सेयर सम्बन्धी प्रस्ताव छलफलमा

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड (PHCL) ले आफ्नो १८औँ वार्षिक साधारण सभा पुस २३ गते आयोजना गर्ने भएको छ । साधारण सभा काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने एजेन्डा रहेका छन् । साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ ।

यसका अतिरिक्त, साधारण सभामा १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धी प्रस्ताव छलफलका लागि प्रस्तुत गरिनेछ । कम्पनीले पूँजी संरचना सुदृढ गर्न हकप्रद सेयर जारी गर्ने विषयमा शेयरधनीसँग छलफल गर्न लागेको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार पुस १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

कम्पनीले आगामी दिनमा आयोजना विस्तार र वित्तीय सुदृढीकरणलाई प्राथमिकतामा राख्दै शेयरधनी हितका विषयमा निर्णय लिने जनाएको छ ।

Related News