NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Up by 18 Points; “Twitter Bottom” Valid Despite Lower Turnover
    नेप्से १८ अंकले उकालो, कारोबार घट्दा पनि “टुइटर बटम” भ्यालिड
    Investor
    2 min read
    Published on December 16, 2025
    NEPSE TRADING

    नेप्से १८ अंकले उकालो, कारोबार घट्दा पनि “टुइटर बटम” भ्यालिडNEPSE Up by 18 Points; “Twitter Bottom” Valid Despite Lower Turnover

    मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले उकालो लागेको नेप्सेले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक १८.३७ अंकले बढेर २६१९.९९ विन्दुमा पुगेको छ।

    परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। सोमबार ३ अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा मंगलबार ३२५ स्टकको ५५ हजार ७८ पटकको कारोबारमा ३ अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँ बराबरको ७८ लाख ४ हजार कित्ता शेयर किनबेच भएको छ।

    यस दिन तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वस्तिक लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक र एसवाई प्यानल नेपालको शेयर मूल्य सर्किट लेभलमा पुगेको हो। त्यस्तै, बाराही हाइड्रोपावरको शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ भने लुम्बिनी विकास बैंकको शेयर करिब ६ प्रतिशतले उक्लिएको छ। कारोबारमा आएको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयर मूल्य भने सर्वाधिक ४.१६ प्रतिशतले घटेको छ।

    कारोबार रकमका आधारमा मंगलबार ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १९ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसपछि लुम्बिनी विकास बैंकको करिब साढे १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने हिमालयन रि–इन्स्योरेन्सको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ।

    १३ उपसमूहमध्ये मंगलबार १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशतले बढेको छ। त्यस्तै, होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने सामान्य घटेको छ।

    प्रविधिक विश्लेषण

    प्रविधिक विश्लेषणतर्फ हेर्दा बजारले लामो समयपछि “वान क्यान्डल बाइ” सिग्नल दिएको छ। विश्लेषकका अनुसार बजार बन्द हुँदा २६०२ विन्दुभन्दा माथि क्लोज हुनुपर्ने सर्त पूरा भएकाले एक महत्वपूर्ण इन्डिकेटरबाट बाइ सिग्नल प्राप्त भएको हो। मंगलबार बजार बन्द हुँदा आरएसआई ५२.६६ बिन्दुमा रहेको छ, जसले अझै ‘पर्ख र हेर’ रणनीति उपयुक्त हुने संकेत गरेको विश्लेषण गरिएको छ। ११ क्यान्डलपछि हायर हाई बनेसँगै बजारमा “टुइटर बटम” पनि भ्यालिड भएको विश्लेषकहरूले बताएका छन्।

    ब्रोकर विश्लेषण

    ब्रोकर विश्लेषणतर्फ हेर्दा अघिल्लो दिन ठूला ब्रोकरबाट उच्च बिक्री देखिएको भए पनि मंगलबार बजारलाई सहयोग पुग्ने गरी ठूला ब्रोकरमार्फत उल्लेख्य खरिद भएको देखिन्छ। शीर्ष १० ब्रोकरमध्ये ७ वटा ब्रोकरबाट तुलनात्मक रूपमा बढी खरिद भएको छ भने ३ वटा ब्रोकरबाट मात्र बढी बिक्री भएको देखिएको छ।

    The NEPSE index closed higher on Tuesday, extending the positive momentum from the previous trading day. After posting a marginal gain on Monday, the market continued its upward move, with the benchmark index rising by 18.37 points to close at 2,619.99.

    Despite the rise in the index, total turnover declined. While shares worth NPR 3.44 billion were traded on Monday, Tuesday recorded transactions of NPR 3.29 billion. A total of 7.8 million shares were traded through 55,078 transactions involving 325 listed companies.

    Three companies traded at their positive circuit levels during the session. Shares of Swastik Laghubitta Bittiya Sanstha, Narayani Development Bank, and SY Panel Nepal hit their upper circuit limits. Barahi Hydropower’s share price climbed by more than 7 percent, while Lumbini Development Bank gained nearly 6 percent. In contrast, Shweta Ganga Hydropower and Construction posted the highest decline of the day, shedding 4.16 percent.

    In terms of turnover, Ngadi Group Power led the market with share transactions worth NPR 198.2 million. Lumbini Development Bank followed with turnover of around NPR 105 million, while Himalayan Re-Insurance recorded transactions exceeding NPR 95 million.

    Out of the 13 sectoral indices, 12 closed in positive territory on Tuesday, while only one sector declined. The Development Bank sub-index posted the strongest gain, rising by 1.56 percent. Similarly, the Hotels & Tourism and Others sub-indices increased by more than 1 percent each. The Trading sub-index, however, witnessed a marginal decline.

    Technical Analysis

    From a technical perspective, the market generated a “one-candle buy” signal after a long period. According to analysts, the index needed to close above the 2,602 level, which it successfully achieved, triggering a buy signal from a key technical indicator. At market close, the Relative Strength Index (RSI) stood at 52.66, suggesting that investors may still adopt a “wait and watch” strategy. Meanwhile, the formation of a higher high after 11 candles has confirmed the validity of the so-called “Twitter Bottom,” analysts noted.

    Broker Analysis

    Broker-wise analysis shows a shift in market behavior compared to the previous session. While heavy selling by major brokers was observed on Monday, Tuesday saw strong buying interest from large brokers, supporting the market’s upward move. Among the top 10 brokers, seven recorded relatively higher buying volumes, whereas only three showed comparatively higher selling activity.

    Overall, the combination of index gains, broad-based sectoral advances, renewed buying by major brokers, and supportive technical signals indicates improving short-term market sentiment despite the decline in turnover.

    Trending News

    • Trending4 Jun, 2026

      दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

      Read news
    • Trending4 Jun, 2026

      माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

      Read news
    • Trending4 Jun, 2026

      उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

      Read news

    Related News

  • दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब
    Investor

    3 min read

    दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
    Investor

    1 min read

    माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका
    Top

    1 min read

    उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित
    Investor

    1 min read

    इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो
    Investor

    2 min read

    कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो

    NEPSE TRADING

    ·

    4 Jun, 2026