·
विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ९० लाख ९१ हजार १३ कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत
Author
NEPSE TRADING

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ९० लाख ९१ हजार १३ कित्ता साधारण शेयर मंगलबार, भदौ ३ गते देखि सूचीकृत भएको छ।
नेप्से र कम्पनी बीच शेयर सूचीकरण सम्झौतासमेत सम्पन्न भएको छ। यस सूचीकृतसँगै कम्पनीका शेयर अब दोस्रो बजारमा कारोबारका लागि योग्य भएका छन्।
कम्पनीको शेयर कारोबार बुधबार, भदौ ४ गते देखि शुरु हुनेछ।