·

विद्युत बिक्री आम्दानी बढेपनि अपि पावरको नाफा घट्यो

Author

NEPSE TRADING

विद्युत बिक्री आम्दानी बढेपनि अपि पावरको नाफा घट्यो

अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको विद्युत बिक्री आम्दानी उल्लेखनीय रूपमा बढेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ अर्ब २४ करोड रुपैयाँको तुलनामा ३२.२४ प्रतिशतले बढी हो। यद्यपि, विद्युत बिक्री आम्दानी बढेपनि कम्पनीको खुद नाफा ४.९९ प्रतिशतले घटेर ४२ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ। सञ्चालन मुनाफा १.९३ प्रतिशतले घट्नु र वित्तीय खर्च १७.८६ प्रतिशतले बढ्नु यस गिरावटका प्रमुख कारण रहेका छन्। नाफासँगै प्रतिशेयर आम्दानी पनि ७४ पैसा घटेर ७ रुपैयाँ ४ पैसामा झरेको छ। गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ७ पैसा र मूल्य-आम्दानी अनुपात ४२.०४ गुणा रहेको छ। ६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटी ६७ करोड २७ लाख रुपैयाँ पुगेको छ।

Related News