Arambha Chautari Laghubitta’s Profit Surges Significantly After Impairment Charge Reversal
Author
NEPSE TRADING

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको नाफामा उल्लेख्य वृद्धि देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा ६ लाख ८० हजार रुपैयाँ मात्र नाफा कमाएको संस्थाले चालु वर्षको अन्त्यसम्ममा ९ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
खुद ब्याज आम्दानीमा ३१.८९% वृद्धि र अन्य सञ्चालन आम्दानीमा २६.७५% वृद्धि हुनुका साथै २ करोड ३८ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गरिएकाले कम्पनीको सञ्चालन मुनाफा ९३६.१३% ले बढेको हो। यिनै कारणहरूले गर्दा नाफामा उल्लेख्य सुधार देखिएको हो।
प्रतिशेयर आम्दानी पनि २५ रुपैयाँ ५३ पैसाले बढेर २५ रुपैयाँ ७२ पैसा पुगेको छ भने मूल्य-आम्दानी अनुपात ४२.२८ गुणा र प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ १८ पैसा रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी ३६ करोड ७१ लाख रुपैयाँ, जगेडा कोषमा २० करोड ६२ लाख रुपैयाँ र कर्जा लगानी ५ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ पुगेको छ, जुन ५ अर्ब २५ करोड ४१ लाख रुपैयाँको निक्षेप तथा सापटीमार्फत भएको हो।