·
अरुण भ्याली हाइड्रोपावरको ८% बोनस शेयर र ०.४२१% नगद लाभांश घोषणा
Author
NEPSE TRADING

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले ८ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। असोज १ गते बसेको सञ्चालक समितिको बैठकले यस विषयमा निर्णय गरेको हो। उक्त प्रस्ताव विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा ल्याइनेछ।