·

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, शेयरधनीलाई ८.४२१% प्रतिफल

Author

NEPSE TRADING

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, शेयरधनीलाई ८.४२१% प्रतिफल

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड (PMLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको कुल ८.४२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसअन्तर्गत ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित ४.४२१ प्रतिशत नगद लाभांश समावेश छ। पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव पारित गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ।

Related News