·

एशियन लाइफ इन्स्योरेन्सको ३ लाख ५८ हजार अवितरित हकप्रद शेयर लिलामीमा बिक्री हुने

Author

NEPSE TRADING

एशियन लाइफ इन्स्योरेन्सको ३ लाख ५८ हजार अवितरित हकप्रद शेयर लिलामीमा बिक्री हुने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले असार २५ गतेदेखि साउन २० गतेसम्म हाल कायम चुक्ता पुँजीको १ः०.४२ अनुपातमा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो।

बिक्री अवधिभर २७ हजार ६२२ जना शेयरधनीले आवेदन दिएपछि १ करोड ३९ लाख २० हजार ८०० कित्ता शेयर बाँडफाँट भइसकेको छ। बाँकी ३ लाख ५८ हजार ५१२.४८ कित्ता शेयर भने बिक्री नभएकाले अब लिलामी प्रक्रियाबाट बिक्रीमा आउने भएको हो।

यसअन्तर्गत संस्थापक समूहका लागि ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहका लागि ३ लाख २८ हजार ४७३.९१ कित्ता शेयर लिलामीमा राखिनेछ। इच्छुक व्यक्तिहरू, कम्पनी तथा संघसंस्थाले यो शेयर खरिद गर्न सक्नेछन्।

खरिदकर्ताले आफ्नो प्रस्तावित मूल्य उल्लेख गरेर भदौ २९ गतेसम्म गोप्य शिलबन्दी आवेदन पेस गर्नुपर्नेछ। संस्थापक समूहतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सीमा तोकिएको छैन।

लिलामी आवेदन फाराम बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंका साथै मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरू ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ, घोराही, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगरबाट उपलब्ध हुनेछन् र त्यहीँ बुझाउन सकिनेछ।

Related News