·

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर बोलकबोलको बोलपत्र असोज १० गते खुल्ने

Author

NEPSE TRADING

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर बोलकबोलको बोलपत्र असोज १० गते खुल्ने

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्नो हकप्रद शेयरमध्ये बाँकी रहेका सेयरहरू बोलकबोल (गोप्य शिल्ड टेन्डर) मार्फत विक्री गर्न लागेको छ।

कम्पनीले १:०.४२ अनुपातमा जारी गरेको हकप्रद शेयरमा पर्याप्त आवेदन नपरेपछि संस्थापक समूहका ३०,०३८.५७ कित्ता र सर्वसाधारण समूहका ३,२८,४७३.९१ कित्ता हकप्रद शेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको हो।

यसका लागि आवेदन असोज ५ गतेसम्म माग गरिएको थियो। प्राप्त सबै बोलपत्रहरू असोज १० गते, शुक्रबार बिहान ८ बजे खोलिने भएका छन्। बोलपत्र खोल्ने स्थान मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं तोकिएको छ।

लगानीकर्ताले बोलपत्र खोलिएको प्रक्रिया प्रत्यक्ष हेर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडको Facebook Live मार्फत प्रसारण गरिने कम्पनीले जनाएको छ।

यस बोलकबोल प्रक्रियाको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

Related News