·

एशियन लाइफको ४२% हकप्रद सेयर बिक्री खुला

Author

Nepse Trading

एशियन लाइफको ४२% हकप्रद सेयर बिक्री खुला

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आज (असार २५) देखि ४२ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर ४.२ कित्ता अनुपातमा कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता सेयर निष्कासन गर्दैछ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। कुल निष्कासन रकम १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ हुनेछ।

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि जेठ १६ गते बुक क्लोज गरिसकेको छ। त्यसैले, जेठ १४ गतेसम्म कायम सेयरधनीहरूले मात्र साउन १३ गतेसम्म आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स नेपालले कम्पनीलाई ‘आईआरएन सिंगल ए माइनस’ इस्युअर रेटिङ प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व पुरा गर्ने पर्याप्त क्षमता रहेको देखाउँछ।

बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ। सेयरधनीहरूले मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा (चिप्लेढुङ्गा), नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट समेत आवेदन दिन सकिनेछ।

त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवा दिने बैंक तथा वित्तीय संस्था र CDSC को 'मेरो सेयर' पोर्टलमार्फत अनलाइनबाट पनि सहज रूपमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

Related News