AVYAN अभियान लघुवित्तले मर्जर प्रस्तावसहित वार्षिक साधारणसभा असार ३० गते बोलायो
Author
NEPSE TRADING

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको साधारणसभा यही असार ३० गते मध्यान्ह १२:30 बजे ताम्राकार पार्टी भेन्यु, पनौतीमा बस्नेछ ।
सभामा उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रिया अघि बढाउन आवश्यक सम्पूर्ण कार्य गर्न तथा आवश्यक परेमा प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पेश गरिनेछ ।
यस वर्ष शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिएको छ । सभाले अघिल्लो आर्थिक वर्षका सम्पूर्ण वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले असार १६ गते १ दिनका लागि बुक क्लोज गर्नेछ । त्यसैले असार १५ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।