·
बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति घोषणा
Author
NEPSE trading

बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासनको लागि कात्तिक २१ गते एक दिन बुक क्लोज गर्ने मिति तय गरेको छ। कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार कायम शेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन्।
बुक क्लोज मिति: कात्तिक २१ गते बुक क्लोज गरिनेछ। कात्तिक २० गतेसम्म कायम रहने शेयरधनीहरूलाई हकप्रदमा आवेदन दिन पाउने अधिकार हुनेछ।
हकप्रद निष्कासन: कम्पनीले हालको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको शतप्रतिशतले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नेछ। यसअन्तर्गत, १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर जारी गरिनेछ।