·

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको आईपीओ भदौ ११ गतेदेखि खुल्ने

Author

NEPSE TRADING

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको आईपीओ भदौ ११ गतेदेखि खुल्ने

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आगामी भदौ ११ गतेदेखि सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) खुला गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपियाँमध्ये २०.७० प्रतिशत अर्थात् ५८ लाख ६० हजार कित्ता साधारण शेयर प्रतिकित्ता १०० अंकित दरमा निष्काशन गर्ने अनुमति पाएको हो।

यसअघि कम्पनीले ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ५ लाख २९ हजार ४०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ निष्काशन गरिसकेको छ। त्यस्तै २ लाख ६४ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५८ हजार ८२० कित्ता कर्मचारीलाई सुरक्षित गरेर बाँकी ४३ लाख ४१ हजार ८० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सक्नेछन्। आवेदन दिनुपर्ने अन्तिम मिति भदौ १५ गतेसम्म तोकिएको छ भने सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा अवधि भदौ २५ गतेसम्म लम्बिनेछ।

यस आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

Related News