·

बंगलादेशी कम्पनी हउलादार युनुस एण्ड कोले पायो १० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षणको जिम्मा

Author

NEPSE TRADING

बंगलादेशी कम्पनी हउलादार युनुस एण्ड कोले पायो १० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षणको जिम्मा

नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षण (Loan Portfolio Review) कार्यका लागि बंगलादेशको अडिट कम्पनी हउलादार युनुस एण्ड को, चार्टर्ड एकाउन्टेन्ट्सलाई छनौट गरेको छ। २०८१ पुसमा सार्वजनिक बोलपत्र आह्वान गरिएको उक्त कामका लागि राष्ट्र बैंकले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३८(२) बमोजिम कम्पनीलाई छनौट गरेको हो।

प्राविधिक मूल्यांकनमा उत्कृष्ट ठहरिएको हउलादार युनुस एण्ड को मात्र छनौटमा परेपछि राष्ट्र बैंकले आर्थिक प्रस्ताव खोलेको थियो। कम्पनीले १० वटा वाणिज्य बैंकको कर्जा समीक्षा गर्न कुल NPR ६२,५४,९१२.५० (छैठी लाख दुई हजार नौ सय बाह्र रुपैयाँ ५० पैसा) र USD २७१,६७०.०५ (दुई लाख एकहत्तर हजार छ सय सत्तरी डलर ५ सेन्ट) मा सहमति जनाएको छ।

यो निर्णयलाई लिएर प्रतिस्पर्धी मेहरा जेकेएसएस एसएसबीडीआईको तर्फबाट एस सुवेदी एन्ड एसोसिएट्सका सञ्चालक सतिश सुवेदीले राष्ट्र बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटसँगै आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया रोकिएको थियो। तर, असार ९ गते सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिँदा राष्ट्र बैंकले प्रक्रिया अगाडि बढाएको हो।

साउन ८ गते, राष्ट्र बैंकको एसेट्स एन्ड सर्भिस म्यानेजमेन्ट विभाग, सफ्टवेयर युनिटले प्रकाशित गरेको सूचना अनुसार सम्झौताका लागि कम्पनीलाई "Letter of Intent" जारी गरिएको छ।

Related News