बरुण हाइड्रोपावरको अविक्रीत हकप्रद शेयर बोलकबोलमा, २ दिन मात्रै बाँकी
Author
NEPSE TRADING

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड ले आफ्ना अविक्रीत हकप्रद शेयरहरू बोलकबोल (गोप्य शिलबन्दी टेन्डर) मार्फत बिक्री गर्न लागेको छ। कम्पनीले बिक्रीका लागि आह्वान गरेको २,३८,४४३ कित्ता साधारण शेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघसंस्था आदिबाट आवेदन माग गरेको हो।
यो शेयर खरिदका लागि आवेदन दिने अवधि भदौ २९ गतेदेखि असोज १२ गतेसम्म रहेको छ। अब आवेदन दिनका लागि २ दिन मात्र बाँकी छ। इच्छुक आवेदकहरूले न्यूनतम प्रति शेयर मूल्य रु. १०० अंकित दरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।
बोलपत्र आवेदन फाराम आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु, काठमाडौं तथा राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयहरू (वीरगञ्ज, जनकपुर, नारायणगढ, बागलुङ, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी, विराटनगर, पोखरा लगायत) बाट प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था गरिएको छ।
बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड ले संकलित बोलपत्रहरूलाई पछि तोकिएको मिति, समय र स्थान सार्वजनिक सूचना मार्फत जानकारी दिई राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशित गरी खोलिने जनाएको छ।
यसरी बोलकबोल मार्फत अविक्रीत शेयर बिक्री भएपछि कम्पनीको स्वामित्व संरचनामा नयाँ संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको प्रवेश हुने अपेक्षा गरिएको छ।