·
आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य सुरु, अर्थमन्त्री पौडेलले संसदमा बजेट प्रस्तुत गर्दै
Author
NEPSE trading

आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट वक्तव्य सुरु भएको छ। संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गरिरहेका छन्।
साँझ ५ बजेबाट सुरु भएको बैठकमा अर्थमन्त्री पौडेलले राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति, कार्यक्रम र प्राथमिकता सार्वजनिक गरिरहेका छन्।
बजेटमार्फत सामाजिक सुरक्षा, पूर्वाधार विकास, आर्थिक वृद्धि, शिक्षा, स्वास्थ्य, रोजगारी र निजी क्षेत्र प्रवर्द्धनलाई प्राथमिकता दिइने अनुमान गरिएको छ। बैठकमा सांसदहरू, मन्त्रीहरू र विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको छ।