·

बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड बिहीबार हुने

Author

NEPSE TRADING

बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड बिहीबार हुने

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड आउँदो बिहीबार हुने भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार बिहीबार बिहान ९ बजे आईपीओ बाँडफाँड प्रक्रिया सम्पन्न गरिनेछ।

कम्पनीले भदौ १६ गतेदेखि १९ गतेसम्म आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो। यस आईपीओमा करिब १ लाख ७० हजार १ सय ५० जनालाई मात्र शेयर प्राप्त हुने भएको छ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

बुङ्गल हाइड्रो लिमिटेडले बझांगमा अवस्थित १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८० साल भदौ २ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ। कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरे हुन् भने अन्य सञ्चालकमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा, विरेन्द्र बहादुर मल्ललगायत रहेका छन्।

बुङ्गल हाइड्रो लिमिटेड एसजी ग्रुपअन्तर्गतको कम्पनी हो।

Related News