बुङ्गल हाइड्रोको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक श्रमिकलाई लक्षित
Author
Nepse trading

बुङ्गल हाइड्रो लिमिटेडले आज असार २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले ८३ करोड रुपैयाँ जारी पुँजीको ३५% अर्थात् २९ लाख ५ हजार कित्ता शेयर निष्कासन गर्दैछ। जसमध्ये १०% अर्थात् ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। यसमध्ये ६५% अत्यधिक प्रभावित क्षेत्र बुङ्गल नपा-६ र साविक पिपलकोट तथा कफल्सेरी गाविसका बासिन्दालाई र बाँकी ३५% बुङ्गल नपा-१, २, ३, ४, ५, ८, ९, १०, ११ का बासिन्दालाई बाँडफाँट गरिनेछ।
त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ७ हजार ५०० कित्ता शेयर छुट्याइएको छ। न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले साउन ११ देखि २६ गतेसम्म र वैदेशिक श्रमिकले साउन ११ गतेभित्र आवेदन दिन सक्नेछन्। हिमालयन क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धक रहेको यस आईपीओमा तोकिएका बैंक शाखा र सि-आस्बा सदस्य संस्थाबाट आवेदन दिन सकिनेछ।