·

३० दिनभित्र कर कार्यालयलाई क्षतिको जानकारी दिनुपर्ने — जेनजी आन्दोलनका पीडित उद्योगीलाई सरकारको सूचना

Author

NEPSE TRADING

३० दिनभित्र कर कार्यालयलाई क्षतिको जानकारी दिनुपर्ने — जेनजी आन्दोलनका पीडित उद्योगीलाई सरकारको सूचना

२४ भदौमा जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड तथा लुटपाटबाट क्षति बेहोरेका उद्योगी–व्यवसायीलाई ३० दिनभित्र कर कार्यालयमा क्षतिको विवरण दिन सरकारको निर्देशन आएको छ।

मूल्य अभिवृद्धि कर (भ्याट) नियमावलीको नियम ३९क अनुसार आगजनी, चोरी, दुर्घटना वा ध्वंसात्मक गतिविधिका कारण सम्पत्तिमा हानि नोक्सानी भएमा करदाताले त्यस वस्तुमा तिरेको कर कट्टी गर्न पाउने व्यवस्था छ। तर, सो प्रयोजनका लागि घटना भएको ३० दिनभित्र सम्बन्धित कर अधिकृत समक्ष निवेदन दिनुपर्ने कानुनी प्रावधान छ।

भ्याटमा दर्ता नभएका व्यवसायीका हकमा भने कानुनी रूपमा सूचना दिनुपर्ने बाध्यता नरहे पनि, भविष्यमै समस्या आउन नदिन जानकारी गराउनु उपयुक्त हुने सीए दाहालको सुझाव छ।

जेनजी आन्दोलनका क्रममा भाटभटेनी, सीजी, हिल्टन होटलसहितका निजी क्षेत्रका उद्योग–व्यवसायमा आगजनी, तोडफोड र लुटपाट भएको थियो। त्यस क्रममा करिब ८० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

सरकारले पीडित व्यवसायीहरूको राहत तथा पुनरुत्थानका लागि कर तथा भन्सार छुटका उपायसहित विशेष पुनर्निर्माण योजना ल्याउने तयारी गरेको छ।

Related News