·

गभर्नर नियुक्ति गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

Author

NEPSE trading

गभर्नर नियुक्ति गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ मन्त्रिपरिषद् बैठक सुरु भएको छ। यसअघि दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो।

भेटवार्तापछि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बसेको गभर्नर सिफारिस समिति बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको छ। सिफारिसमा प्रा.डा. विश्व पौडेल पहिलो नम्बरमा छन् भने नीलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम पनि समावेश छ।

बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको पहिलो नम्बरमा रहेका प्रा.डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा नियुक्त गर्ने निर्णय गर्नेछ। गभर्नरको पद गत चैत २४ गतेदेखि रिक्त रहेको छ।

Related News