·

बालुवाटारमा आज मन्त्रिपरिषद बैठक, गभर्नर नियुक्तिको सम्भावना

Author

NEPSE trading

बालुवाटारमा आज मन्त्रिपरिषद बैठक, गभर्नर नियुक्तिको सम्भावना

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ मन्त्रिपरिषद बैठक बस्ने तयारी गरिएको छ। बैठक साँझ ५ बजेका लागि बोलाइएको हो।

सरकारी स्रोतअनुसार, सोमबार नियमितरूपमा बस्ने भनिएको बैठक प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि स्थगित गरिएको थियो। स्थगित बैठक आजका लागि सारिएको हो।

आजको बैठक महत्वपूर्ण मानिएको छ, किनभने राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा टुंगो लाग्ने सम्भावना रहेको बताइएको छ। अपराह्न ४ बजे गभर्नर सिफारिस समितिको बैठक पनि बस्दैछ। यसअघि प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो, जसमा गभर्नरको नामबारे अन्तिम सहमति जुटाउने प्रयास भएको थियो।

स्रोतहरूका अनुसार, गभर्नरको नियुक्तिबारे सहमति जुटेमा मन्त्रिपरिषद बैठकले आजै निर्णय गर्ने सम्भावना बलियो देखिएको छ।

Related News