·

वाणिज्य बैंकहरूको गैर-बैंकिङ सम्पत्तिमा तीव्र वृद्धि, ग्लोबल आइएमई शीर्ष स्थानमा

Author

Nepsetrading

वाणिज्य बैंकहरूको गैर-बैंकिङ सम्पत्तिमा तीव्र वृद्धि, ग्लोबल आइएमई शीर्ष स्थानमा

बैंकिङ क्षेत्रको गैर-मूलधन्दी सम्पत्ति (Non-Banking Assets) मा वाणिज्य बैंकहरूले बिसाख अन्त्य २०८२ सम्म उल्लेखनीय वृद्धि देखाएका छन्। यस अवधिमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि रहँदै रु. ५,९५८.३८ मिलियन गैर-बैंकिङ सम्पत्तिका साथ शीर्ष स्थानमा पुगेको छ। दोस्रो स्थानमा हिमालयन बैंक (HBL) रु. ५,१२९.५४ मिलियन र तेस्रो स्थानमा नबिल बैंक रु. ३,७९३.९८ मिलियनसहित रहेका छन्।

एनआईसी एशिया बैंकले पनि रु. ४,६००.८० मिलियन गैर-बैंकिङ सम्पत्ति देखाएको छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (NIMB) ले रु. ३,११६.११ मिलियनको रिपोर्ट गरेको छ। तुलनात्मक रूपमा नेपाल बैंक लिमिटेड (NBL) र राष्टिय वाणिज्य बैंक (RBB) क्रमशः रु. २०४.११ मिलियन र रु. ३१९.९५ मिलियन गैर-बैंकिङ सम्पत्तिसहित सूचीको अन्त्यमा छन्। सानिमा बैंक (Rs. ८७७.४२ मिलियन) र नेपाल एसबीआई बैंक (NSBI) (Rs. ८९७.६४ मिलियन) पनि कम सम्पत्ति देखाउने बैंकमा परेका छन्।

कुमारी बैंकले रु. २,५५९.१० मिलियन, प्राइम बैंकले रु. २,३६९.९३ मिलियन, लक्ष्मी बैंकले रु. १,७८२.४४ मिलियन, र सिटिजन बैंकले रु. १,०२८.९२ मिलियन गैर-बैंकिङ सम्पत्तिको रिपोर्ट गरेका छन्। यद्यपि, स्ट्यान्डर्ड चार्टर्ड बैंक (SCBNL) ले यस शीर्षकमा कुनै तथ्याङ्क सार्वजनिक गरेको छैन।

गैर-बैंकिङ सम्पत्तिको बढ्दो आँकडाले बैंकहरूले आफ्नो सम्पत्ति संरचना विविधिकरण गरिरहेको संकेत दिन्छ, जुन प्रायः जफत गरिएका सम्पत्ति, अचल सम्पत्ति वा अन्य दाबीहरूका रूपमा रहेको हुनसक्छ। यो प्रवृत्तिले बैंकहरूको जोखिम व्यवस्थापन तथा लगानी रणनीतिमा पनि महत्त्वपूर्ण असर पार्न सक्छ।

Related News