·
महिला उद्यमीका लागि नयाँ कम्पनी दर्ता र नवीकरण निःशुल्क हुने
Author
NEPSE trading

काठमाडौं, जेठ १५ – सरकारले महिला उद्यमीलाई प्रोत्साहन गर्न नयाँ कम्पनी दर्ता र नवीकरण प्रक्रिया निःशुल्क गर्ने व्यवस्था लागू गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले महिला उद्यमशिलता प्रवर्द्धन गर्न यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन्।
सरकारको भनाइमा, यस कदमले महिलालाई व्यवसाय सुरु गर्न सहज वातावरण, कानुनी पहुँच र व्यवसायिक पहिचान निर्माणमा सहयोग पुग्नेछ। महिला नेतृत्वमा सञ्चालन हुने सूक्ष्म, साना तथा घरेलु उद्योगहरूलाई औपचारिक प्रणालीमा ल्याउने लक्ष्यसहित यो नीति अघि सारिएको हो।