नेप्सेमा लगातार गिरावट, कारोबार रकममा समेत कमी, आरएसआई ४२ अंक आसपास
Author
NEPSE trading

नेपालको शेयर बजार पछिल्ला केही दिनयता लगातार ओरालो लागिरहेको छ। विशेषगरी पछिल्ला तीन कारोबार दिनदेखि नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ, जसले लगानीकर्तामा सतर्कता बढाएको छ। बुधबारको बजारमा नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा झरेको छ । कारोबार रकमको हिसाबले पनि बजारमा सुस्ति देखिएको छ। अघिल्लो कारोबार दिन मंगलबार ६ अर्ब ९१ करोड रुपैयाँबराबरको शेयर किनबेच भएकोमा बुधबार सो रकम घटेर ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ। यो कमीले बजारमा लगानीकर्ताको सहभागिता घटेको संकेत गर्दछ । उपसमूहगत सूचकमा हेर्दा, १३ मध्ये ४ उपसमूहमा मात्र वृद्धि भएको छ भने बाँकी ९ उपसमूहमा गिरावट आएको छ। वृद्धि हुनेमा माया खोला हाइड्रोपावर अग्रस्थानमा रह्यो, जसको शेयरमूल्य ५.७४ प्रतिशतले बढ्यो। यसैगरी, सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य करिब ४.५ प्रतिशतले बढेको छ। अन्य कम्पनीहरूको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रह्यो। गिरावटतर्फ हेर्दा, १०.२५ प्रतिशत केबिएल डिबेञ्चर ९.४८ प्रतिशतले घट्दै दिनको सर्वाधिक घाटामा परेको स्टक बन्यो । कारोबार रकमका आधारमा बलेफी हाइड्रोपावर सबैभन्दा अगाडि रह्यो, जसको दिनभरमा ३४ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भयो। दोस्रो स्थानमा युनाइटेड मोदी हाइड्रोपावर रह्यो, जसको कारोबार रकम करिब २७ करोड रुपैयाँ पुग्यो। तेस्रो स्थानमा शिवम् सिमेन्ट्स रह्यो, जसको कारोबार २४ करोड रुपैयाँ नाघ्यो । यस प्रवृत्तिले देखाउँछ कि बजारमा हाल केही सावधानीपूर्वक खरिदबिक्रीको माहोल छ, जसमा उच्च कारोबार भएका स्टकहरू मुख्यतया जलविद्युत र सिमेन्ट क्षेत्रका रहेका छन् ।
अब लागौ प्रविधिक विश्लेषण तर्फ
प्रविधिक विश्लेषक अजित खनालका अनुसार नेपालको शेयर बजार हाल प्राविधिक रूपमा बियरिस मूडमा रहेको देखिन्छ। पछिल्ला महत्त्वपूर्ण सपोर्ट स्तरहरू क्रमशः ब्रेकडाउन भएपछि बजारमा थप ठूलो करेक्सन देखा परेको हो । हालको बजार संरचना हेर्दा आगामी प्रमुख सपोर्ट ६१% फिबोनाची रिट्रेसमेन्ट स्तर र सोही आसपासको ५०–दिने मूभिङ एभरेजमा देखिन्छ। विगतमा नेपाली बजारले यो स्तरलाई पटक–पटक रेस्पेक्ट गर्दै रिबाउन्ड गरेको इतिहास रहेको छ, जसले लगानीकर्तालाई यसपटक पनि त्यहीँबाट सकारात्मक संकेतको आशा गर्न प्रेरित गरेको छ । रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (च्क्क्ष्) हाल ४२ अंक आसपास पुगेको छ, जुन बजारको हल्का ओभरसोल्ड अवस्थालाई इंगित गर्दछ । कारोबार गतिविधि हेर्दा, पछिल्ला केही दिनदेखि कारोबार रकम निरन्तर घटिरहेको छ । आजको कारोबार २१ जेठपछि सबैभन्दा कम स्तरमा सीमित भएको छ । बजारको अन्तिम समयहरूमा ठूला सप्लाई अर्डरहरू देखिन थालेका छन्, जसको क्रम विगत केही दिनदेखि जारी छ । कारोबार संरचना हेर्दा, हाइड्रोपावर क्षेत्रले फेरि करिब ४०% बजार हिस्सा ओगटेको छ ।
अब लागौ ब्रोकरको विश्लेषण तर्फ
शीर्ष १० ब्रोकरमध्ये ६ वटा ब्रोकरले बिक्रीभन्दा बढी खरिद गरेको तथ्यांकले देखाउँछ यसको मतलव केही संस्थागत वा ठूला लगानीकर्ताले बजारमा प्रवेश गरिरहेको सम्भावना छ ।