·

नेपाल राष्ट्र बैंकका गभर्नरसँग धितोपत्र बोर्ड अध्यक्षको शिष्टाचार भेट

Author

NEPSE trading

नेपाल राष्ट्र बैंकका गभर्नरसँग धितोपत्र बोर्ड अध्यक्षको शिष्टाचार भेट

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन्।

आज सम्पन्न भएको भेटमा अध्यक्ष श्रेष्ठले गभर्नर पौडेललाई बधाई दिंदै उनको कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गरे।

भेटका क्रममा उनीहरूले मुलुकको वित्तीय प्रणालीलाई अनुशासित र गतिशील बनाउन नियामक निकायहरूबीच समन्वय र सहकार्य अत्यावश्यक हुनेमा जोड दिएका थिए। साथै, राष्ट्रको आर्थिक विकासमा दुवै संस्थाले सहकार्य गर्दै अघि बढ्नुपर्नेमा पनि उनीहरू सहमत देखिए।

पुँजी बजारलाई अझ सशक्त र चलायमान बनाउनका लागि लगानीकर्ताहरूले समय–समयमा उठाएका मागहरूको समुचित सम्बोधनका विषयमा समेत छलफल भएको धितोपत्र बोर्डले जनाएको छ।

Related News