सिवाईसी नेपाल लघुवित्तको नाफा २०८% ले बढ्यो, वितरणयोग्य मुनाफा ९ करोड नाघ्यो
Author
NEPSE TRADING

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (CYCL) ले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उल्लेख्य नाफा कमाएको छ। कम्पनीले ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा २०८.४४% ले वृद्धि भएको हो। समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड ९७ लाख रुपैयाँबाट बढेर ९ करोड १० लाख रुपैयाँ पुगेको छ।
खुद ब्याज आम्दानी ४१.३०% ले बढ्दा सञ्चालन मुनाफा २५०.५३% ले उकालो लागेको छ भने प्रतिशेयर आम्दानी २९.८० रुपैयाँले बढेर ४४.०९ रुपैयाँ पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रति शेयर नेटवर्थ २७७.१७ रुपैयाँ र मूल्य-आम्दानी अनुपात ४०.२८ गुणा रहेको छ। लघुवित्तको जगेडा कोषमा ४७ करोड २० लाख रुपैयाँ सञ्चित छ भने निक्षेप तथा कर्जा क्रमशः १०.४९% र ४.९६% ले वृद्धि भएको छ।