·

दरमखोला हाइड्रो इनर्जीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

Author

NEPSE TRADING

दरमखोला हाइड्रो इनर्जीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज (साउन १५ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा, वैदेशिक रोजगारमा रहेका नेपाली, कम्पनीका कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट भइसकेको छ। अब कम्पनीले सर्वसाधारणका लागि २४ लाख २३ हजार १८५ कित्ता शेयर सार्वजनिक गर्दैछ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।

कम्पनीको जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशनको अनुमति पाएको हो। यस अन्तर्गत १० लाख ३० हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि, २ लाख ९१ हजार ९५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ५८ हजार ३९० कित्ता कर्मचारीका लागि र १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा साउन १९ गते र ढिलोमा साउन २९ गते बन्द हुनेछ। कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले 'आईआरएन डबल बी माइनस' रेटिङ्ग दिएको छ, जसले औषत जोखिम संकेत गर्छ। कम्पनीको ९.६ मेगावाट क्षमताको परियोजना लागत २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ।

शेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सक्नेछन् ।

Related News