·

दरमखोला हाइड्रो इनर्जीको आईपीओ साउन १५ गतेदेखि सर्वसाधारणका लागि खुला

Author

NEPSE TRADING

दरमखोला हाइड्रो इनर्जीको आईपीओ साउन १५ गतेदेखि सर्वसाधारणका लागि खुला

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गते (आज) देखि सर्वसाधारणका लागि साधारण शेयर (IPO) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ।

कम्पनीले १ अर्ब ३ करोड ५ लाख रुपैयाँ जारी पूँजीमध्ये ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। त्यसअनुसार, आयोजना प्रभावित स्थानीयका लागि १० लाख ३० हजार ५०० कित्ता, वैदेशिक रोजगारमा रहेका नेपालीका लागि २ लाख ९१ हजार ९५० कित्ता, कर्मचारीका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर बाँडफाँट भइसकेको छ।

अब कम्पनीले बाँकी २४ लाख २३ हजार १८५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन अवधि छिटोमा साउन १९ गतेसम्म र ढिलोमा साउन २९ गतेसम्म रहनेछ।

यो आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताहरूले आफ्नो मेरोसेयर खाताबाट अनलाइन आवेदन दिन सक्नेछन्।

Related News