दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रद सेयर लिलामी खुला, जेठ ११ देखि १९ गतेसम्म आवेदन दिन सकिने
Author
NEPSE trading

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयरहरू लिलामीमा राखेको छ। कम्पनीले कुल १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामीमार्फत सर्वसाधारणलाई खरिद गर्न खुला गरेको हो।
यसअन्तर्गत संस्थापक समूहका लागि १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहका लागि १ लाख ३५ हजार ९५६ कित्ता सेयर असार ७ गतेसम्म लकइनमा रहनेछन्। यसबाहेक ४ लाख ९५ हजार ६७९ कित्ता सेयर सर्वसाधारण समूहकै भए पनि ती सेयर लकइनमा पर्दैनन्।
सर्वसाधारण लगानीकर्ताले आज जेठ ११ गतेदेखि १९ गतेसम्म आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्तिले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै सेयरका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
यस लिलामीको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। सेयर लिलामीमार्फत कम्पनीले पुँजी संकलन गर्ने लक्ष्य लिएको छ, जसले कम्पनीको आगामी जलविद्युत् परियोजना तथा सञ्चालनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।