·

नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त, सत्ता संकट टर्यो

Author

NEPSE trading

नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त, सत्ता संकट टर्यो

नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त, सत्ता संकट टर्यो

नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा अर्थविद् प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिको प्रस्तावलाई अनुमोदन गर्दै डा. पौडेललाई गभर्नरमा नियुक्त गरेको हो। यो नियुक्तिसँगै राष्ट्र बैंकमा लामो समयदेखि चलेको गभर्नरसम्बन्धी अन्योल समाप्त भएको छ।

सिफारिस समितिले मंगलबार नै प्रा.डा. विश्वनाथ पौडेल, कामु गभर्नर नीलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम गभर्नरका लागि सिफारिस गरेको थियो। सिफारिस गरिएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका डा. पौडेललाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो।

सत्ता संकट टर्यो

गभर्नर नियुक्तिको विषयलाई लिएर सत्तारुढ गठबन्धनभित्र देखिएको भनिएको संकट पनि यो निर्णयसँगै टरेको छ। मंगलबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ताले नियुक्तिको बाटो खोलेको थियो।

शेयर बजारमा उत्साह

डा. पौडेलको नियुक्तिको खबरपछि बुधबार बिहान नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सकारात्मक प्रभाव देखिएको छ। बजार विश्लेषकहरूका अनुसार, डा. पौडेलको अर्थशास्त्रमा बलियो पृष्ठभूमि र नीतिगत अनुभवले लगानीकर्ताहरूमा विश्वास बढाएको छ।

Related News