·

डा. विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त, सार्वजनिक निक्षेप सुरक्षामा प्राथमिकता दिने घोषणा

Author

NEPSE TRADING

डा. विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त, सार्वजनिक निक्षेप सुरक्षामा प्राथमिकता दिने घोषणा

डा. विश्वनाथ पौडेलले आज नेपाल राष्ट्र बैंकको गभर्नरको रूपमा कार्यभार सम्हालेका छन्। बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले सार्वजनिक निक्षेपको सुरक्षा र ऋण नीतिमा सुधारलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने बताए।

गभर्नर पौडेलले मौद्रिक नीतिले सरकारको वित्तीय नीतिलाई समर्थन गर्नुपर्ने बताए। उनले भने, "विनियमन र सुपरीवेक्षण दुवै महत्वपूर्ण छन्, तर म कडाइभन्दा पनि सुपरीवेक्षण क्षमताको विकासमा विश्वास गर्छु।"

नीतिगत निर्णयहरु संवाद र सहकार्यबाट अघि बढ्ने उनले स्पष्ट पारे। “म एकल निर्णयमा विश्वास गर्दिनँ, सरोकारवालासँग परामर्श गरेर मात्र अगाडि बढ्छौं,” गभर्नर पौडेलले भने।

कार्यभार सम्हालेलगत्तै उनले ५०० र १००० दरका नयाँ नोट छपाइको निर्णय गरेका छन्। कार्यभार सम्हाल्ने क्रममा उनले कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा सम्बन्धी प्रश्नमा त्यो राष्ट्र बैंकको आन्तरिक विषय भएको बताएका थिए।

Related News